अख्तियार आयोग हेटौँडाको आयोजनामा भ्रष्टाचार विरुद्ध कार्यक्रम

२०७६ मंसिर २३,सोमबार १५:३४

हेटौँडा, २३ मंसिर । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस सोमबार (आज) हेटौँडामा मनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको आयोजनामा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो ।

कार्यक्रम आयोग हेटौँडाका प्रमुख शिवकुमार कार्कीको सभाध्यक्षतामा तथा प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा आयोग हेटौँडाका प्रमुख कार्कीले कार्यालयले भ्रष्टाचार नियन्त्रणका लागि गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा मन्त्रीहरु शालिकराम जम्कट्टेल, युवराज दुलाल, अरुण नेपाल, कैलाश ढुंगेल, जिल्ला समन्वय समितिका उपप्रमुख भगवति पुडासैनी, हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा, गाउँपालिकाका प्रमुखहरु, सरकार कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*