२५ वर्ष तलका युवालाई मदिरा सेवनमा प्रतिबन्ध

२०७६ मंसिर २३,सोमबार १५:२१

जुम्ला, २३ मंसिर । जुम्लाको पातारासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ । उक्त उमेर समूहका युवाले मदिरा सेवन तथा बिक्रीवितरण गर्न नपाउने निर्णय गाउँ कार्यपालिकाको बैठकबाट भएको हो ।

मदिराको सेवनमा प्रतिवन्धन लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

कुलतका कारण युवकयुवती गलत बाटामा लागेका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले जानकारी दिए ।

उनका अनुसार, यदि कोही कसैले सार्वजनिकस्थलमा मदिरा सेवन गरी हल्ला वा बिक्री गरेको भेटिएमा हदैसम्म जरिवना र कानूनी उपचारका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*