संसद् सचिवालयको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक बराल गम्भीर घाइते

तु खबर संवाददाता
२०७६ मंसिर २३,सोमबार १४:५८
File Photo

काठमाडौं, २३ मंसिर । सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को गाडीले ठक्कर दिँदा मोटरसाईकल चालका गम्भीर घाईते भएका छन् ।

सोमबार बिहान गलत दिशाबाट आइरहेको सरकारी नं. प्लेटको गाडीले मोटरसाईकललाई ठक्कर दिँदा चालक महोत्तरीका २२ वर्षीय सलन बराल गम्भीर घाईते भएको ट्राफिक प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ ।

घाइते बरालको काठमाडौँ मोडेल अस्पताल प्रदर्शनीमार्गमा उपचार भइरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखातर्फ जाँदै गरेको प्रदेश ३–०२, ००२ प, ९८७० नं. को मोटरसाइकललाई पुतलीसडक तिरबाट आएको संघीय संसद् सचिवालयको सरकारी नं. प्लेटको प्रदेश ३–०१, ००२ झ, ४८७९ नं. को स्कार्पियो गाडीले ठक्कर दिएको थियो ।

सो गाडी संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले चढ्ने गाडी रहेको बुझिएको ।

उक्त सरकारी गाडी गलत दिशाबाट आएको थियो । संसद् सचिवालयकै गाडी भए पनि कानूनअनुसार नै कारबाही गरिने प्रभागका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*