निर्वाचन आयोग : राष्ट्रिय सभाका सदस्यको चुनाव तयारी

तु खबर संवाददाता
२०७६ मंसिर २३,सोमबार ०९:१०

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका एक तिहाइ सदस्यका लागि चुनाव गराउने तयारी थालेको छ ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका ५९ मध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० मा सकिँदै छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार कार्यकाल सकिनुभन्दा कम्तीमा ३५ दिनअघि चुनाव गर्नुपर्छ ।

माघ १५ भित्र राष्ट्रिय सभामा रिक्त हुने सदस्यका लागि चुनाव गरिसक्नुपर्नेछ ।

राष्ट्रिय सभा सदस्यको चुनावबारे आयोगले आइतबार कानुनविद्सँग परामर्श गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

सोमबार राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ । माघ १० भित्र उपयुक्त कुनै दिनमा चुनाव गराउनेबारे छलफल भएको उनले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*