बलात्कार आरोपित मकवानपुरका स्याङ्तान थुनामा

तु खबर संवाददाता
२०७६ मंसिर २३,सोमबार ०९:०४
file-photo

हेटौंडा, २३ मंसिर । बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबार बसेको इजलासले राक्सिराङ गाउँपालिका—५ का १९ वर्षीय आइसिं स्याङ्तानलाई थुनामा राख्ने आदेश दिएको हो ।

उनले १८ वर्षीया युवतीलाई विवाह गर्छु भनेर ललाइफकाई गत कात्तिक २५ गते बलात्कार गरेको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*