मकवानपुरको बकैयामा जनप्रतिनिधि महिला र पत्रकार महिलाबीच अन्तरक्रिया

तु खबर संवाददाता
२०७६ मंसिर २२,आईतवार १७:४४

मकवानपुर, २२ मंसिर । बकैया गाउँपालिकाका महिला जनप्रतिनिधि र महिला पत्रकारबीच आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बकैया गाउँपालिकाले आयोजना गरेको लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत बकैया गाउपालिकाका महिला जनप्रतिनिधि र महिला पत्रकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रम बकैया गाउँपालिका उपाध्यक्ष सरला वोलखेको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा मकवानपुर सचिवालय सदस्य लक्ष्मि माझी , नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरिता दहाल, जनप्रतिनिधिहरू गोपिनि विक, जिराकुमारि दहाल, देविमाया जिम्वा, निर्मला राई, पत्रकार महासंघ मकवानपुरकी सहसचिव शुभलक्ष्मी विक, पत्रकारहरू नानिमैया सापकोटा, सम्झना रिजाल, सिर्जना नेपाल, पविना लामा, अन्जलि थापा लगायतकाको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*