हेटौँडामा तामाङ लिपिको तीनदिने प्रशिक्षण सुरु

२०७६ मंसिर २२,आईतवार १७:३८

मकवानपुर, २२ मंसिर । नेपाल तामाङ घेदुङको आयोजनामा तामाङ लिपि (तामयीग) प्रशिक्षण आईतबार (आज) बाट हेटौँडामा सुरु भएको छ ।

तामाङ लिपि प्रशिक्षण आजदेखि तीन दिनसम्म संचालन हुनेछ ।

कार्यक्रममा संस्थाका अध्यक्ष लिला कुमार घलानको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

सो कार्यक्रममा नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य सुनिल मोक्तान, संस्थामा सल्लाकार शुभरत्न गोले, समाजसेवी जीवनमान मोक्तान, मिस तामाङ मकवानपुरका कार्यक्रम संचालक माया घलानलगायतको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*