विप्लव समूहका मेचीनगर इञ्चार्ज गिरी पक्राउ

तु खबर संवाददाता
२०७६ मंसिर २२,आईतवार १५:३९

काठमाडौं, २२ मंसिर । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई पक्राउ गरेको छ ।

झापा जिल्ला समिति सदस्य समेत रहेका शिवसताक्षी–४, पाँचगाछीका ३७ वर्षीय यामकुमार गिरी पक्राउ परेका हुन् ।

गिरीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गएराति तिनकुनेबाट पक्राउ गरेको हो ।

उनलाई विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयमा विष्फोट गराएको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गिरीविरुद्ध विस्तृत अनुसन्धान थालिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*