विप्लवको कार्यक्रममा जान लागेका मकवानपुरका दुई विद्यालयका विद्यार्थी प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०७६ मंसिर २२,आईतवार १४:२१

मकवानपुर, २२ मंसिर । विप्लव समूहको कार्यक्रममा सहभागी हुन जान लागेका मकवानपुरका दुई विद्यालयका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मनहरी गाउँपालिका वडा नं. २ सीता माविका विद्यार्थीलाई इलाका प्रहरी कार्यालय मनहरी र पशुपति माविका विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।

विप्लव समूहको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले भारतले सीमा मिचेको भन्दै चितवनमा प्रदर्शन कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा सहभागी हुन मकवानपुरका दुई विद्यालयका विद्यार्थी बसमा राखेर लगिँदै थियो ।

प्रहरीका अनुसार मनहरी प्रहरीले नियन्त्रणमा लिएको बसमा विद्यार्थी र नेवारपानीले नियन्त्रणमा लिएको बसमा शिक्षकसहितको टोली रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*