कोहलपुर दुर्घटना : बालिकाको मृत्युपछि तनावग्रस्त, डीएसपीसहित ९ जना प्रहरी घाइते

२०७६ मंसिर २२,आईतवार १३:५४

काठमाडौं, २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि उत्पन्न भएको तनावले उग्र रुप लिएको छ ।

प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

उनीहरुको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले केही राउण्ड हवाई फायर पनि भएको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*