ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि …

२०७६ मंसिर २२,आईतवार १३:४०

कोहलपुर, २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट कोहलपुर–१० की प्रकृति चन्दको मृत्यु भएको हो ।

बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको छ । दर्जनौं गाडीहरु बीच सडकमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।

सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*