आज सुनको भाउ घट्यो, कतिमा कारोबार हुँदैछ ?

तु खबर संवाददाता
२०७६ मंसिर २२,आईतवार १२:३८

काठमाडौँ, २२ मंसिर । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको भाउ घटेको छ ।

शुक्रबारको तुलनामा आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको थियो ।

यसैगरी आज तेजावी सुन ६९ हजार ९ सयमा कारोबार भएको छ भने चाँदी रु १० घटेर ८ सय ४० मा कारोबार भएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलामा ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*