विस्फोटक सामग्रीसहित विप्लव कार्यकर्ता पक्राउ

तु खबर संवाददाता
२०७६ मंसिर २२,आईतवार १२:२४

मकवानपुर, २२ मंसिर । पाँचखपन नगरपालिका– ८ पोख्राङबाट विस्फोटक सामग्रीसहित नेत्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चैनपुर नगरपालिका–५ का ३० बर्षीय यामप्रसाद गौतम रहेका छन् ।

प्रहरीले उनको साथबाट डेटोनेटर १३ थान, सेप्टी फ्युज करिब १० मिटर, नन् इलेक्ट्रिक डेटोनेटर ११ थान, लोला १५ थान सामग्री बरामद गरेको छ ।

उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*