बढ्दो छ सर्वे लाइसेन्स लिनेको संख्या, ३ वर्षमा ५९ लाई

तु खबर संवाददाता
२०७६ मंसिर २२,आईतवार ०८:४८

विद्युत् विकास विभागले पछिल्लो ३ वर्षमा ५९ सौर्य ऊर्जा परियोजनालाई सर्वेक्षणका लागि अनुमपतिपत्र प्रदान गरेको छ । विभागले हालसम्म कुल ४८१।९७ गेगावाट (मेवा) क्षमताका विभिन्न परियोजनाहरुलाई सर्वेक्षणको अनुमति दिएको हो ।

विभागको तथ्यांकले देखाउँछ, गत आर्थिक वर्षदेखि सौर्य ऊर्जाको सर्वे लाइसेन्सका लागि निवेदन दिने र पाउने क्रम बढेको छ । आव २०७५र७६ मा ३४०।५६ मेवाका २५ परियोजनाले सर्वे लाइसेन्स पाएका छन् भने चालु आवमा हालसम्म ६१।५९ मेवाका ९ परियोजनाले यस्तो लाइसेन्स पाएका छन् ।

विभागले २०७३ असोज १४ गतेदेखि ग्रीड कनेक्टेड सोलार पावर परियोजना सञ्चालनका लागि अनुमति अनुमति दिन थालेको थियो । विभागले जारी गरेका सर्वेक्षण अनुमतिपत्रमा ०।५ मेवादेखि १२० मेवासम्म क्षमताका परियोजनाहरु छन् ।

आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*