यी ८ गुण भएका युवतीहरु तपाइका लागि योग्य होइनन्

२०७६ मंसिर २१,शनिबार १०:५९

मानिसहरुले आफ्नो विशेष साथी खोजिरहेका हुन्छन् । त्यही क्रममा उनीहरु प्रेम सम्बन्धमा पर्ने गर्छन् । धेरैले त्यही सम्बन्धलाई जीवनको अभिन्न अंगको अवस्थामा बदल्ने गर्छन् । अर्थात् विवाह गरेर युगौँयुग सँगै बाँच्ने सँगै मर्ने वाचामा बाँधिन्छन् ।

तर हामीलाई अक्सर हामी कस्तो मानिससँग जोडिएका छौँ भन्ने कुराले सताउने गर्छ । किनकी कुनैपनि सम्बन्ध राम्रो हुन दुवैको समान भूमिका र जिम्मेवारी रहेको हुन्छ ।

यद्यपि यसको विषय भनेको अहिलेसम्म अक्सर यस्ता युवासँग सम्बन्ध जोड्नुस्, उस्तासँग सम्बन्ध तोड्नुस् जस्ता सुझावका आलेखहरु पढ्ने गरिएको छ ।

यी ८ गुण भएका युवतीहरु तपाइका लागि योग्य होइनन्

१. प्रशंसा नगर्ने स्वभाव
यदि तपाइ एक वफादार प्रेमी हुनुहुन्छ भने तपाइ सधैँ केही न केही आफ्नो मान्छेको लागि गरिरहनुभएको हुन्छ । त्यस्तै तपाइको आफ्नै उन्नति प्रगति, शिक्षामा सफलता आदि कुराले आउँदो सम्बन्धमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ ।

२. गैरजिम्मेवार वा दोष थोपर्ने
मानिसले गल्ती गर्नु स्वाभाविक हो । गल्तीलाई स्वीकारेर अघि बढ्नु जीवनको हरेक पाटोमा बुद्धिमानी हुन जान्छ । तर यदि तपाइकी प्रेमिकाले आफ्नो गल्ती कैलै देख्दिनन् र अक्सर तपाइमाथि घटना परिघटनाको दोष देखाउन खोज्छिन् भने यसले ज्यादातर सम्बन्धमा खुशीयाली ल्याउने छैन, जानी राख्नुस् ।

३.अनावश्यक हक जमाउने
तपाइको जीवनसाथीले यदि तपाइका अन्य साथीभाइसँग घुम्ने, रमाउने समयसँग रिसराग गर्ने, वा अनावश्यक हक जमाउने गर्छिन् भने यसले पनि द्धन्द्ध सृजना गर्छ । त्यस्ता मान्छेलाई तपाइको जीवनबाट सँधैका लागि टाढै राख्नुस् ।

४.अनियमितता
यदि तपाइसँग उनी अनियमित छिन् भने विचार गर्नुपर्ने हुन्छ । जस्तै, यदि तपाइको फोन कल्स वा मेसेजहरुको ठीक ढंगले प्रतिउत्तर आउँदैन भने सम्झनुस् सायद उनीमा तपाइप्रतिको लगाव कम भएको छ । त्यस्ता मान्छेलाई तपाइको जीवनबाट सँधैका लागि टाढै राख्नुस् ।

५.अरुसँगको उनको व्यवहार
यदि तपाइको कोही आफन्त साथी वा क्याफेमा काम गर्ने मान्छे आदिसँग उनको व्यवहार कस्तो छ भन्ने कुराले पनि सम्बन्धमा ठूलो माने राख्दछ । यो दुवैको कुरामा लागू हुन्छ । त्यस्ता मान्छेलाई तपाइको जीवनबाट सँधैका लागि टाढै राख्नुस् ।

६. सबैमा अधिकार जमाउनु
विशेष अवसर बाहेक अन्य बेलामा पनि केही वस्तु वा घुम्न जाने कुराको निम्ति कुनै पनि हालतमा उनलाई पहिलो प्राथामिकता दिनै पर्छ भने यो पनि सुखदायक लक्षण होइन । किनकी सम्बन्ध भनेको दुईवटा चालकले चलाएको एउटै गाडी हो । त्यस्ता मान्छेलाई तपाइको जीवनबाट सँधैका लागि टाढै राख्नुस् ।

७. नकारात्मक तार्किकता
तपाइ जति धेरै माया गर्नुस् वा ख्याल गर्नुस् तर त्यो व्यक्तिले तपार्इका हरेक प्रयासहरुलाई नकारात्मक ढंगले व्याख्या अपव्याख्या गर्छ भने त्यस्ता मान्छेलाई तपाइको जीवनबाट सँधैका लागि टाढै राख्नुस् ।

८.भविष्यको साझा लक्ष्य धेरै फरक भए
दीर्घकालीन सम्बन्धको बारेमा कुरा गरिरहँदा यदि दुवै जनामा कम्तिमा न्युनतम साझा लक्ष्य हुन आवश्यक छ । यदि तपाइ मेडिटेसन सेन्टर चलाउने योजनामा हुनुहुन्छ तर आफ्नो पार्टनरले चाँहि वियरको डिलर खोल्ने सोच बनाउँछ भने यसले सम्बन्धमा तित्तता जरुर पैदा गर्दछ । त्यस्ता मान्छेलाई तपार्इको जीवनबाट सँधैका लागि टाढै राख्नुस् ।

एजेन्सीको सहयोगबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*