नारायण गोपालको सम्झनामा गीत–गंगा भवन निर्माण हुने

तु खबर संवाददाता
२०७६ मंसिर २१,शनिबार १०:२८

मकवानपुर । स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवनको बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिल्यान्यास गरेका हुन् ।

उक्त भवन करिब ६ करोडको लगानीमा बन्न लागेको हो । यो भवनको पहिलो चरणमा तीन तल्ला सम्पन्न हुनेछ ।

‘पहिलो चरणको काम हामी २०७७ असार १५ भित्रमा सम्पन्न गर्छौ उनले भने, ‘यो पूरै सम्पन्न गर्दा करीब ६ करोड लाग्ने अनुमान गरेका छौँ ।’ मेयर शाक्यले भने । भवन अपाङ्गमैत्री हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*