‘सँगसँगै’ को शुभमुर्हत

तु खबर संवाददाता
२०७६ मंसिर २१,शनिबार १०:१३

काठमाडौं, २१ मंसिर । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा ‘सँगसँगै’ नामक फिल्म निर्माण हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने फिल्मको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुर्हत गरियो ।

फिल्ममा सौगात मल्ल,मुकुन भुसाल, सुष्टि श्रेष्ठ र आश्मा गिरी मुख्य भूमिकामा छन् । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको शुभमुर्हत सर्टको निर्देशन ऋषिराज आचार्यले गरेका थिए भने क्यामेरा स्वीच अन चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले गरेका थिए ।

त्यसैगरी, निर्माता तथा बितरक करण श्रेष्ठले क्ल्याप ठोके भने चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश सिटौलाले नरिवल फोडेका थिए ।

फिल्ममा सौगात, मुकुन, सृष्टि, आश्माका साथमा बिकास चापागाई, रश्मी भट्ट,सबिता रेग्मी,आलम खान, बिशाल पहाडी,सूर्य श्रेष्ठ,रामशरण दुलाललगायतका कलाकारले अभिनय गर्दैछन् ।

सुवानी फिल्मस्को ब्यानरमा तोरण क्षेत्री,बिष्णु लामीछाने,रोशन केसी र बिष्णबहादुर क्षेत्री निर्माता रहेको फिल्म शिब ढकालले खिच्ने छन् भने ताराप्रकाश लिम्बूको संगीत छ ।

कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, बरिष्ट निर्देशक दयाराम दाहाल तथा नेपाली काग्रेसका नेता बद्रि पाण्डेले ‘सँगसँगै’ फिल्मलाई सफलताको शुभकामना ब्यक्त गरे थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*