भीमफेदीका कैदीबन्दीलाई टेलिफोन सुविधा

२०७६ मंसिर २१,शनिबार ०८:४३

मकवानपुर । क्षेत्रीय कारागार भीमफेदीका कैदीबन्दीलाई आफन्त र वकिललाई सहज रूपमा टेलिफोनमार्फत् सम्पर्क गर्न पाउने व्यवस्था गरिएको छ । दुईवटा ब्लक छुट्याइएको कारागारमा जीएसएम सिस्टमअन्तर्गतका नौ वटा टेलिफोन सेट राखिएको जेलर प्रकाश खनालले बताए ।

‘क’ ब्लकमा पाँच र ‘ख’ मा चार वटा सेट छन् । कैदीबन्दीले आफन्त र वकिललाई दैनिक बढीमा १० मिनेटसम्म टेलिफोन गर्न पाउने व्यवस्था मिलाइएको छ । कारागारले प्रतिमिनेट साढे दुई रुपैयाँ शुल्क तोकेको छ ।

टेलिफोन बुथमा एक जना सुरक्षाकर्मी खटिएका छन् भने टेलिफोन ट्यापिङको व्यवस्था पनि मिलाइएको छ । जेलभित्रबाट आपराधिक क्रियाकलाप गर्न लगाउन सक्ने भएकाले शकांस्पद कैदीबन्दीकोे फानेटयप गर्ने गरिएको जेल प्रशासन जनाएको छ । टेलिफोन गर्न कम्तीमा आधा घन्टा लाइनमा बस्नुपर्छ ।

‘दुई सयजति भारतीय नागरिक पनि रहेकाले टेलिफोनमार्फत् उनीहरूले आफ्ना परिवारसँग कुरा गर्न पाऊन् भनेर सुिवधा दिएका हौ’ जेलर खनालले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*