चेपाङ गाउँमा बिजुली कार्यक्रम

२०७६ मंसिर २०,शुक्रबार ०९:२०

मकवानपुरको अतिविकट तथा सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको राक्सिराङ गाउँपालिकामा विद्युतीकरणका लागि विशेष योजना लागू गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले क्षेत्रीय कार्यालय हेटौंडामार्फत ‘चेपाङ गाउँमा बिजुली’ कार्यक्रम लागू गर्ने भएको हो । अनुसार चालू आर्थिक वर्ष र आगामी आवमा विकट बस्तीमा विद्युत् पुर्‍याइने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

राक्सिराङ, कैलाश तथा मनहरी गाउँपालिकासहित मकवानपुरका लागि यस आर्थिक वर्षमा प्राधिकरणले करिब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

उक्त बजेटबाट चेपाङ बस्तीलाई उच्च प्राथमिकतामा राखेर काम हुनेछ,’ हेटौंडामा त्यस क्षेत्रका जनप्रतिनिधिसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।

हाल मनहरी गाउँपालिकामा विद्युतीकरणको काम सकिएको, कैलाशमा आवश्यक प्रक्रिया अगाडि बढेर टेन्डर आह्वान भइसकेको र अब राक्सिराङलाई विशेष प्राथमिकतामा राखेर काम गरिने उनको भनाइ छ ।

राक्सिराङका अध्यक्ष मल्लका अनुसार यस गाउँपालिकामा रहेका करिब पाँच हजार घरधुरीमध्ये मुस्किलले पाँच सय घरमा मात्र विद्युत् सेवा पुगेको छ । ‘जति स्थानमा विद्युत् सुविधा उपलब्ध छ, त्यो प्राधिकरणको प्रसारण लाइनबाट होइन,’ उनले भने, ‘सोलार र गाउँमा स्थापना भएको पिको हाइड्रोबाट सम्भव भएको हो ।’ गाउँपालिकाको नौवटा वडामध्ये पाँचवटा वडामा मात्र विद्युत् सेवा छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*