गढीमाई पञ्चवर्षीय मेला : एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु

२०७६ मंसिर १८,बुधबार ०८:३८

बाराको महागढीमाई नगरपालिका–१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको छ।

मेलामा आउनका लागि प्रयोग गरिने विभिन्न सडकमा सवारीसाधनहरूको घुइँचोले गर्दा १५–१५ किलोमिटर क्षेत्रफलसम्म जामसमेत लागेको थियो।

कलैया–बरियारपुर, बरियारपुर–भारतको छौडादानवलगायत अधिकतर सडकहरूमा लामो सवारी जाम भएपछि श्रद्धालुहरू घण्टौं हिँडेर मेलासम्म पुग्न बाध्य भएका छन्। मानवत–मटिअर्वा, पिलुवा–कलैया, गञ्जभवानीपुर–गढीमाई सडकमा पनि मानिस तथा सवारीसाधनको अत्याधिक भिड देखिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए। खनालका अनुसार भारतको विभिन्न राज्य र नेपालका विभिन्न जिल्लाहरूबाट श्रद्धालुहरू धेरै आइपुगेकाले सडक र मेलाक्षेत्रमा श्रद्धालुहरूको पत्याउनै नसकिने भिड भएको छ।

विगत वर्षहरूझैं यस वर्ष पनि जनकपुरको विवाह पञ्चमी महोत्सव हेरेर भारतीय गाडीहरू गढीमाई पुगेकाले मंगलबार १५ लाखभन्दा द्धालु भेला भएको र उनीहरूलाई व्यवस्थापन गर्न चुनौती बनेको उपरीक्षक खनालको भनाइ छ।

यसवर्ष गढीमाई मेला भर्न राजधानी काठमाडौंसहित महेन्द्रनगरदेखि झापासम्मका अधिकतर जिल्लाबाट श्रद्धालुहरू बारा आएका छन्।

बरियारपुरमा जारी गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार बिहानैदेखि राँगाको बलि दिने कार्य सम्पन्न गरिएको छ। सोमबार १२ बजे रातिदेखि गढीमाईका पुजारीहरूले थालेको तान्त्रिक विधिअनुसारको पूजा मंगलबार बिहान सात बजेसम्म सकेर पञ्चबलि दिएपछि श्रद्धालुका तर्फबाट ल्याइएका राँगा बलि दिन सुरु गरिएको मन्दिरका पुजारी शिव चौधरीले बताए। गढीमाईलाई पञ्चबलिका रूपमा मुसा, बोका, पाठी ९बाख्रा० परेवा र हाँसको अण्डा गरी पाँच जीवलाई अर्पण गर्ने गरिन्छ।

गढीमाईसँग मागेको भाखल पूरा भएपछि नेपालका विभिन्न स्थान र भारत बिहार, उत्तर प्रदेश तथा बंगालका विभिन्न स्थानबाट श्रद्धालुहरू गढीमाईलाई बलि अर्पण गर्न राँगा लिएर आउने गर्छन्। नेपाल तथा भारतका विभिन्न स्थानबाट एक हप्ताअघिदेखि श्रद्धालुहरूले ल्याएका राँगाहरू रंगशालामा जम्मा गरेर राखिएको छ। हाल श्रद्धालुहरूले पाँच हजारको हाराहारीमा बलिका लागि राँगा लिएर आएको तथा ती सबै राँगाहरूको बलि दिइने बलि व्यवस्थान समितिका पदाधिकारीहरूले बताएका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*