प्रहरी निरीक्षक घुस रकमसहित रङ्गेहात पक्राउ

२०७६ मंसिर १६,सोमबार १७:१९

धनुषा, १६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक ट्राफिक सहायक प्रहरी निरीक्षक (सई) लाई घुससहित पक्राउ गरेको छ ।

आयोगले ट्राफिक सहायक प्रहरी निरीक्षक नविनकुमार झालाई एक हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनलाई क्षिरेश्वरनाथ नगरपालिकाबाट आयोगको टोलीले सोमबार पक्राउ गरेको हो ।

झालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गररेको अख्तियारले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*