छाउगोठमा एक युवतीको मृत्यु

२०७६ मंसिर १६,सोमबार १४:५०

डोटी, १६ मंसिर । सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गएराति एक युवतीको मृत्यु भएको छ ।

साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको छाउगोठमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार, घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*