
बलात्कार आरोपमा पक्राउ परेका ‘सिद्धबाबा’ माथि अनुसन्धान गर्न ४ दिन म्याद थप

मकवानपुर । बलात्कारको आरोपमा सोमबार बिहान पक्राउ परेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीमाथि अनुसन्धान गर्न अदालतले चार दिनको म्याद दिएको छ ।
सुनसरीका जिल्ला न्यायाधीस धर्मराज पौडेलको इजलासले उनीमाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो ।
अनुसन्धानका लागि म्याद थप गरेपछि उनलाई विराट नर्सिङ होममा नै लगिएको छ । उनलाई सोमबार बिहान विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूबाट पक्राउ गरेको थियो ।
एक महिलाले सिद्धबाबा भनिने गिरीले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
गिरीले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन्।
उनलाई छात्ती, मुटु, प्रोस्टेट तथा मिर्गौलाको पत्थरीको समस्या रहेको अस्पतालले जनाएको छ ।
