सवारी दुर्घटनाबाट थारुको मृत्यु

२०७६ मंसिर १६,सोमबार १४:१२

चितवन, १६ मंसिर । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान नै मृत्यु भएको हो ।

ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*