संक्रमित पत्नीबाट दुई दशकदेखि सुरक्षित हेटौँडाका लामा

२०७६ मंसिर १६,सोमबार ०९:४८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–३ (साबिकको बसामाडी गाविस–५) की ४३ वर्षीया छक्कली लामा र ४४ वर्षीय शुक्र लामाबीच ०५५ सालमा प्रेमविवाह भयो ।

छक्कलीको रगतमा एड्सको जीवाणु भएको जानकारी हुँदाहुँदै प्रेमविवाह गरेको जोडी अहिले हाँसीखुसीसाथ जीवन बिताइरहेको छ । उनीहरूको आत्मविश्वास देखे र यहाँका एड्स संक्रमितहरूमा साहस र उत्साह बढेको छ ।

सन्तान नजन्माउने, बाँचुन्जेल साथै रहने वाचा गरेको यो जोडी एड्स संक्रमितका लागि प्रेरणाको स्रोत बनेको छ । विवाहको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि शुक्र सुरक्षित छन् ।

एड्स संक्रमित युवतीसँग विवाह नगर्न गाउँलेले शुक्रलाई दबाब नदिएका होइनन् तर अहिले उनीहरूको जीवनशैली देखेर स्थानीय चकित मात्र भएका छैनन्, दम्पती भन्या यस्तो हुनुपर्छ भनेर घर/घरमा उदाहरण दिने गरेका छन् । ‘रोगको विषयलाई लिएर अहिलेसम्म ठाकठुक परेको छैन, भोलि पनि पर्दैन,’ शुक्रले भने, ‘जानीजानी विवाह गरेको हो ।’ छक्कली थप्छिन्, ‘अहिलेसम्म उहा“लेमलाई एक दिन पनि गाली गर्नुभएको छैन् ।’

शुक्र फर्निचर उद्योगमा काम गर्छन् । छक्कलीले घरमै पसल राखेकी छन् । शुक्रले धेरै पटक आफ्नो रक्त परीक्षण गराइसके तर उनमा एड्सको जीवाणु फेला परेको छैन । उनी पत्नीलाई हँसिया, कोदालो, खुकुरीलगायत काट्ने सामग्री केही पनि बोक्न दिँदैनन् । ‘शरीरमा घाउचोट लागेपछि निको हुन समय लाग्ने भएकाले उनलाई कुनै पनि जोखिमको काम गर्न दिएको छैन,’ उनले भने।

मुम्बईको वेश्यालयमा रक्त परीक्षण गर्दा एचआईभी÷एड्सको जीवाणु फेला परपछि छक्कलीलाई ०५४ सालमा घर फर्काइएको थियो । आफ्नो र गतमा एचआईभी÷एड्सको जीवाणु भएकालेविवाह नगर्न उनले आग्रह पनि गरिन् तर शुक्रले मानेनन्। त्यसपछि विवाह भयो ।

उनी ६ वर्ष मुम्बईको वेश्यालयमा नारकीय जीवन काटे रफर्केकी थिइन्। घर फर्कंदा उनी २१ वर्षकी मात्र थिइन् । ‘एड्सलगायत जुनसुकै रोगीलाई घरपरिवार र छरछिमेकीले माया, ममता र हौसला दिए भने रोगी धे र ैवर्षसम्म बाँच्न सक्छ भन्ने कुराको जीवन्त उदाहरण हुन् उनी,’ संक्रमित एवं प्रभावितहरूको संस्था मकवानपुर महिला समूहकी अध्यक्ष कमला सुवेदी भन्छिन्। एड्स संक्रमित भएर यति लामो समयसम्म बाँच्ने यस क्षेत्रमा उनी पहिलो महिला भएको उनको भनाइ छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*