नेपाली फिल्म ‘१२ सत्ताइस’ को रिलिज मिति सर्यो
काठमाडौं । फिल्म ‘१२ सत्ताईस’को रिलिज मिति परिवर्तन भएको छ ।
यहि मंसिर २७ गतेबाट रिलिज हुने तयारीमा रहेको उक्त फिल्म सरेर माघ ३ मा पुगेको छ ।
फिल्मको प्रचार प्रचारमा प्रयाप्त समय नपुगेको भन्दै फिल्मको रिलिज मिति सारिएको निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस्ले जनाएको छ ।
फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज, भिस्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ ।