नेपाली फिल्म ‘मारुनी’ जापानमा पनि प्रदर्शन

२०७६ मंसिर १५,आईतवार १५:०४

काठमाडौं, १५ मंसिर । गत भदौ महिनामा प्रदर्शनमा आएको फिल्म ‘मारुनी’ जापानमा पनि प्रदर्शन गरिएको छ ।

जापानको नागोया फुसीमा मिलिओन थिएटरमा फिल्मको प्रदर्शन गरिएको निर्माता पुन गौतमले जानकारी दिइन् ।

फिल्म प्रदर्शनमा लागि केही दिन पहिले अभिनेता पुष्पल खड्का र निर्मात्री पूनम गौतम जापान पुगेका थिए ।
विनोदकुमार सापकोटा र शर्मिला डंगोलको ब्यावस्थापनमा जापानमा फिल्म प्रदर्शन भएको हो ।

फिल्म अब जापानको टोकियो र ओसाकामा पनि हुने निर्मात्री गौतमले जानकारी दिइन् । यस्तै फिल्म अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । डिसेम्बर २७ मा अष्ट्रेलियाको सिभिक थिएटर, हर्सभिलमा फिल्मको प्रदर्शन हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*