मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन : ‘दायाँबायाँ गर्न छुट छैन’

तु खबर संवाददाता
२०७६ मंसिर ६,शुक्रबार ०९:२९

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन्। मन्त्रिमण्डल पुनर्गठनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मलाई परिणाम चाहिन्छ, एक मिनेट दायाँबायाँ हुनुहुँदैन। देशका लागि समय खर्चिनुस्।’ ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

प्रधानमन्त्री ओलीले चिनियाँं राष्ट्रपति सी चिनफिङ आउँदाका बेला जसरी काममा खटिन मन्त्रीहरूलाई निर्देशन दिए। सी काठमाडौं आउँदा सफा भएका सडकले चाह्यो भने एक सातामा सुखद परिणाम दिन सकिँदो रहेछ भन्ने पुष्टि भएको बताएका थिए। ‘नयाँ साथीहरुले पनि कामको गतिलाई ध्यान दिनुपर्छ। पुरानाले झन् गति बढाउनुपर्छ, यत्तिले मात्रै पुगेको छैन’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सहभागी एक मन्त्रीले भने।

ती मन्त्रीका अनुसार बैठकमा कुनै निर्णय भएन। ‘प्रधानमन्त्रीज्यूले बैठकमा बोलाउनु भयो। धन्यवाद दिनुभयो र काममा ध्यान दिन निर्देशन दिनुभयो’, ती मन्त्रीले भने। प्रधानमन्त्री ओलीले चार दिनपछि समीक्षा बैठक बस्ने जानकारी गराउँदै नयाँ मन्त्रीलाई कार्ययोजना ल्याउन र पुरानालाई आ–आफ्नो मन्त्रालयको प्रगतिविवरण पेस गर्न निर्देशन दिएका छन्। ओलीले मन्त्रिपरिषद् बैठकअघि मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर चुस्त र पारदर्शी ढंगले परिणाममुखी काम गर्न निर्देशन दिएका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*