लागूऔषध चरेशसहित दुई जना पक्राउ

२०७६ मंसिर ५,बिहीबार १७:२३

कञ्चनपुर, ५ मंसिर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले ३ किलो ५ सय ग्राम लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भिमदत्त नगरपालिका–१८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका ३ का महेश विष्टलाई पक्राउ गरेको छ ।

उनीहरुलाई प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका १४ सालघारीबाट बुधबार साँझ सो परिमाणको चरेशसहितपक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*