स्काभेटरमा प्रेसर कुकर बम विस्फोट

२०७६ मंसिर ५,बिहीबार १६:२२
file photo

सिन्धुली, ५ मंसिर । अज्ञात समूहले मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा गएराति प्रसर कुकर बम विष्फोट गरेको छ ।

मारुती सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका– १४ ककुरठाकुरबाट कच्चा पदार्थ लैजानका लागि सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुर खोलामा राति रोकी राखेको स्काभेक्टरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार, बम विस्फोटबाट एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ ।

उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*