अख्तियार आयोग हेटौँडा कार्यालयमा जिम्मेवारी सरेर आएका समेत गरी १ सय ५ वटा उजुरी दर्ता

२०७६ मंसिर ५,बिहीबार १५:५९

मकवानपुर, ५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको कार्यालयमा गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका समेत गरी कात्तिक मसान्तसम्ममा १ सय ५ वटा उजुरी परेका छन् ।

जसमा प्रदेश ३ का ९ वटा जिल्ला र प्रदेश २ का बारा र पर्सा जिल्लाका गरी १ सय ५ वटा उजुरी परेको अख्तियारको हेटौंडा स्थित कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए ।

प्रदेश सरकार र मातहतका कार्यालयमा परेका उजुरी मध्यमा १६ वटाको फच्यौट भएको छ भने अन्य ८९ वटा उजुरीमाथि छानविन भइरहेको अख्तियारको हेटौंडा कार्यालयले जनाएको छ ।

अख्तियारको हेटौंडा कार्यालयले प्रदेश ३ सरकारका मन्त्रालय र मातहतको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा र रामेछापमा गरी ६७ वटा उजुरी चालु आर्थिक वर्षको चार महिनाको अवधिमा अनुसंधान भएका छन् ।

त्यस्तै प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा गरी गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएकासमेत गरी ३६ वटा उजुरी परेका छन् ।

बारा जिल्लामा २५ वटा र पर्सा जिल्लामा ११ वटा उजुरीको चालु आर्थिक वर्षमा अनुसंधान भईरहेको सूचना अधिकारी रेग्मीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*