दुर्घटनाबाट ट्याक्टर चालक तामाङको मृत्यु

२०७६ मंसिर ५,बिहीबार १५:११

मकवानपुर, ५ मंसिर । संखुवासभाको चिचिला गाउँपालिका–१ मा बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्र्याक्टर चालक मनोज तामाङको मृत्यु भएको हो ।

सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुमतर्फ गइरहेको ग १ त ४१६४ नं को ट्याक्टर कुवापानीमा दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त ट्याक्टर अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेको थियो ।

तामाङको शव परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*