घूस रकमसहित मालपोतका नायबसुब्बा पक्राउ

२०७६ मंसिर ५,बिहीबार १४:५९

मकवानपुर, ५ मंसिर । सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका नायबसुब्बा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई पक्राउ गरेको हो ।

जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घूसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय परिसरबाटै अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले बुधबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*