नयाँ मन्त्री नियुक्ति नहुने भएपछि शपथ ग्रहण रोकियो

२०७६ मंसिर ४,बुधबार १७:१७

मकवानपुर, ४ मंसिर । वर्तमान मन्त्रिपरिषदका कम्तीमा चार सदस्यलाई हटाएर नयाँ मन्त्रीहरुलाई सहभागी गराउने गृहकार्य पूरा नभएको भन्दै आज ४ बजेलाई तय भएको शपथ ग्रहण रोकिएको छ ।

प्रधानमन्त्री कार्यालयले आज मन्त्री नियुक्त नहुने जानकारी गराएपछि राष्ट्रपतिको कार्यालयले शपथ ग्रहणको तयारी स्थगित गरेको हो ।

प्रधानमन्त्री सचिवालयका अनुसार हटाइने मन्त्रीको टुंगो लागेपनि नयाँ मन्त्री को हुने भन्ने टुंगो लाग्न बाँकी रहेका कारण आज नयाँ मन्त्री नियुक्त गर्ने र शपथग्रहण गराउने कार्य स्थगित भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*