फाखेल प्रहरी चौकीको नवनिर्मित ३ तल्ले भवन उद्घाटन

२०७६ मंसिर ४,बुधबार १६:३७

मकवानपुर, ४ मंसिर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित फाखेल प्रहरी चौकीको नवनिर्मित ३ तल्ले भवनको उद्घाटन गरिएको छ ।

उक्त भवन बुधबार ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) शेरबहादुर बस्नेतले भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामा, इन्द्रसरोवर ४ का वडाध्यक्ष धनविर स्याङ्तान, वडा नम्बर १ का वडाध्यक्ष जमानसिं लामा, राष्ट्रिय अनुसन्धान कार्यालय हेटौडाका निर्देशक कमल थापा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहलगायत को उपस्थिति रहेको थियो ।

पवित्र मल्टिपल कन्ट्रक्सन प्रा.लि. ले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको १ करोड ५७ लाख ६ हजार ५ सय ५५ रुपैँया सहयोगमा ३ तल्ले ११ कोठे भवन निर्माण सम्पन्न गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*