मकवानपुरको इन्द्रसरोबर जलाशयमा घिसिङको शव फेला

२०७६ मंसिर ४,बुधबार १६:१३

मकवानपुर, ४ मंसिर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं. १ मा रहेको इन्द्रसरोबर जलाशयमा एक पुरुषको शव फेला परेको छ ।

उक्त जलाशयमा सानोमार्खुका ३५ बर्षीय अम्बरबहादुर घिसिङको शव फेला हो ।

विहान जलाशयमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङको टोली पुगेको छ ।

शवलाई पोष्टमार्टमका लागि स्वास्थ्य संस्थामा पठाउने तयारी भईरहेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*