काँग्रेस सांसद र नगर सभापतिबीच कुटाकुट

२०७६ मंसिर ४,बुधबार १४:५३
file photo

काठमाडौँ, ४ मंसिर । नेपाली काँग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ ।

प्रदेशसभा सदस्य समेत रहेका शर्मा र नगर सभापति कलवारबीच बुधबार (आज) विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि कुटाकुट भएको हो ।

नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइको विषयमा आफूले विरोध गर्दा नगर सभापति हातपातमा उत्रिएको शर्माले जानकारी दिए ।

त्यस्तै काँग्रेस नगर सभापति कलवारले भने आफूलाई तल्लो स्तरको गाली गरेपछि सहन नसकेर लफडा भएको जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*