प्रहरीलाई घुस दिन खोज्ने होटल सञ्चालक राई पक्राउ

२०७६ मंसिर ४,बुधबार १४:२२

मकवानपुर, ४ मंसिर । प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक महिलासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौंको टोखा नगरपालिका–५, बसुन्धरास्थित आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसकी सञ्चालक ४० वर्षीया सोममाया राईलगायत ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचनाको आधारमा मंगलबार राति छापा मार्न पुगेको महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीलाई ५० हजार रुपैयाँ घुस दिन खोजेको आरोपमा नियन्त्रणमा लिएको छ ।

उदयपुरको गाईघाट नगरपालिका–५ घर भएकी राईले अनुसन्धानमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त नगद दिन खोजे पश्चात उनीहरुलाई नगदसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*