जात्रा हेर्न गएका वडाध्यक्ष चन्द मृत अवस्थामा फेला

२०७६ मंसिर ४,बुधबार १३:३५

बैतडी, ४ मंसिर । बैतडीमा एक जना वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् । कोपञ्चेश्वर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष राजबहादुर चन्द बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

वडा नम्बर ४ को सैलोडा अन्तर्गत पर्ने कैलपाल मन्दिरमा मंगलबार जात्रा हेर्न गएका उनी बुधबार सुरखण्ड भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

उक्त घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*