बेश्यालयबाट ६ नेपाली युवतीको उद्धार

२०७६ मंसिर ३,मंगलवार १३:५१

मकवानपुर, ३ मंसिर । भारतको आसामस्थित एक कोठीबाट चार बालिकासहित ६ नेपाली युवती र एक भारतीय युवतीको उद्धार गरिएको छ ।

मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहले भारतीय प्रहरीको समन्वयमा सोमबार उनीहरुको उद्धार गरेको हो ।

दिल्ली प्रहरीको समन्वयमा कोठीबाट सात जनाको उद्धार गर्न सफल भएको शक्ति समूहकी परियोजना संयोजक नर्वदा सोराली मगरले जानकारी दिइन् ।

उनीहरुलाई आज आसामस्थित स्थानीय अदलातमा लगिने र आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन पहल भइरहेको मगरले जानकारी दिइन् ।

उनीहरुलाई बेश्यालयसम्म पुगाएको आरोपमा लक्ष्मी तामाङ नाम गरेकी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*