साढे २ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

२०७६ मंसिर ३,मंगलवार १३:१८

पश्चिम नवलपरासीको सुनवलमा साढे २ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् ।

गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले जनाएको छ ।

बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ ।

पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*