भीमफेदी–३ का जेष्ठ नागरिकलाई परिचयपत्र वितरण

२०७६ मंसिर ३,मंगलवार १०:०४

मकवानपुर, ३ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ३ भित्र रहेका जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ ।

गाउँपालिकाले सोमबार एक कार्यक्रम गरी ३ नं. वडाभित्र रहेको ८० जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको हो ।

जेष्ठ नागरिक परिचयपत्रका लागि फारम भर्ने वडाका १९३ जनामा ८० जनालाई वितरण गरिएको र बाँकीलाई मंगलबार (आज) घरघरमै गएर वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, ३ नं. वडाध्यक्ष कृतिलाल लामा, सचिव अमृत श्रेष्ठलगायत जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*