मकवानपुरको बकैयामा सवारी दुर्घटना हुँदा २ जना घाइते

तु खबर संवाददाता
२०७६ मंसिर ३,मंगलवार ०९:५१

मकवानपुर, ३ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ र हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को बिचमा पर्ने फुर्केचौर जगंलमा सवारी दुर्घटना हुदाँ दुई जना घाईत भएका छन् ।

घाईते हुनेहरुमा काठमाडौ १४ कलंकी बस्ने ४८ वर्षका कमल थापा र किर्तिपुर २ बस्ने ४१ वर्षका बलराम ढकाल रहेका छन् ।

फुर्केचौरबाट ठुलोदमार आउँदै गरेको स्कारपियो देश नं. ३ ०१०२२ च ३२५० नं. को स्कारपियो गाडी दुर्घटना हुँदा उनीहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घाईते दुबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*