हेटौँडा–१६ हटिया स्वास्थ्य चौकी सेवा केन्द्रको उद्घाटन

२०७६ कार्तिक २७,बुधबार १६:०३

मकवानपुर, २७ कात्तिक । हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित रहेको हटिया स्वास्थ्य चौकी सेवा केन्द्रको बुधबार (आज) उद्घाटन गरिएको छ ।

हेटौडा उपमहानगरपालिका र सामाजिक विकास महाशाखाको संयुक्त आयोजना तथा वडा नम्बर १६ को संयोजनमा बुधवार उक्त स्वास्थ्य चौकीको उद्घाटन गरिएको हो ।

कार्यक्रम हेटौँडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा राटरी हेटौडाका उपाध्यक्ष राम प्रसाद शर्मा, नगर स्वास्थ्य प्रमुख भोलानाथ चौलागाई, कार्यपालिका सदस्य कृण्ण बहादुर राई, जनप्रिय उच्च मावि प्राविधिक शिक्षालयका अध्यक्ष लोकनाथ चौलागाई लगयतले मन्तव्य व्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*