आलमविरुद्धको लम्बियो थुनछेक बहस

२०७६ कार्तिक २७,बुधबार ०९:१०

जिल्ला अदालतमा मंगलबार पनि आलमविरुद्धको थुनछेक बहस जारी रह्यो । काठमाडौं र रौतहटका गरी ३५ जना अधिवक्ताले बहस गर्न वकालतनामा दर्ता गराएका छन् । वादीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादीतर्फबाट सुरु भएको हो ।

बहस लम्बिने सम्भावना बढेको जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटवालले बताए । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ को साँझ राजपुरमा कुनै घटना नभएको र राजनीतिक पूर्वाग्रह राखी आलमलाई फसाउन खोजिएको प्रतिवादी कानुन व्यवसायीको दाबी छ ।

सोमबार वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, गोपालकृष्ण घिमिरेसहित अधिवक्ता सुनिल पोखरेल, कृष्ण घिमिरे र योगेन्द्रबहादुर अधिकारीले बहस गरेका थिए । मंगलबार आलमलाई थुनामा नराखी साधारण तारेखमा रिहाइ गर्नुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र यदुनाथ ढकालले बहस गरे ।

अधिवक्ता सतीश झाले पनि आलम निर्दोष रहेको दाबी गरेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*