वडा अध्यक्ष मगरद्वारा कार्यालय सहयोगीमाथि कुटपिट

२०७६ कार्तिक २६,मंगलवार १४:१६
file photo

कैलाली, २६ कात्तिक । कैलालीको मोहन्याल गाउँपालिका– ५ का अध्यक्षले छविलाल हौजाली मगरले कार्यालय सहयोगी तुलसरा सिंजालीमाथि कुटपिट गरेका छन् ।

कात्तिक १९ गते वडा अध्यक्ष हौजाली मगरले आफुमाथि कुटपिट गरेको भन्दै तुलसराले आइतबार इलाका प्रहरी कार्यालय सुक्खडमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कार्यालय सहयोगी तुलसराले हौजाली मगरकी श्रीमतीलाई अध्यक्षको अर्की महिलासँग उठबस रहेको कुरा लगाएपछि कुटपिट गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कुटपिटमा पर्ने महिला वडा अध्यक्षकी भतिजी नाता पर्ने पनि प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*