एउटै बोका तीन लाखमा बिक्री

२०७६ कार्तिक २६,मंगलवार १४:०६

बेनी नगरपालिका ९ स्थित तोरीपानीमा विगत ६ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका आनन्द रिजालले बोयर जातको एउटै बोका २ लाख ९० हजारमा बिक्री गरेको बताए ।

उनले संचालन गरेको धौलागिरी बोयर मोडल फार्मबाट स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको क्रस नगरिएको सो बोका दुई लाख ९० हजार रुपैयाँ खर्चिएर खरीद गरेको जानकारी दिए ।

रिजालको फार्ममा अहिले सात शुद्ध बोयर र २५ क्रस बोयर जातका बाख्रा छन् । स्थानीय जातका बाख्रामा नश्ल सुधारका लागि रिजालले अष्ट्रेलियाबाट उन्नत जातको बाख्रा आयात गरी ल्याएका थिए ।

अहिले उक्त जातका बोका र पाठीको माग अत्याधिक रहेको र माग पु¥याउन कठिन भएको उनको भनाई छ । छिटो तौल बढ्ने, मासु राम्रो हुने र आम्दानी पनि राम्रो हुने भएपछि पछिल्लो समय किसान बोयर बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*