पुनः पक्राउ भीआईपी जुवाडे

२०७६ कार्तिक २६,मंगलवार १३:५२
फाइल फोटो

मकवानपुर, २६ कात्तिक । सोमबार साँझ धरौटीमा रिहा भएका २५ जना भीआईपी जुवाडे पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई सोमबार धरौटीमा रिहा गरेको थियो ।

धरौटीमा रिहा भएपनि उनीहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने देखिएले उनीहरुलाई पुनः पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

१७ कात्तिकमा महाराजगञ्जस्थित गौतम श्रेष्ठको घरबाट पक्राउ परेका उनीहरुको जुवा खालबाट प्रहरीले २ करोड ६७ लाख बरामद गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*