बारा दुर्घटना : उपचारको क्रममा श्रीमती दुर्गा सापकोटाको पनि मृत्यु

२०७६ कार्तिक २६,मंगलवार १३:२४

मकवानपुर, २६ कात्तिक । बाराको पथलैया आधाभार नजिक आईतबार भएको दुर्घटनामा गम्भीर घाइते भएकी हेटौँडाकी दुर्गा सापकोटाको मृत्यु भएको छ ।

यसअघि सोही दुर्घटनामा श्रीमान् हेटौँडा–४ का ५८ बर्षीय उदयराज सापकोटाको मृत्यु भएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते भएकी उनकी श्रीमती दुर्गाको काठमाडौंमा उपचारका क्रममा मंगलबार (आज) मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख २०२ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको ना ५५ प ६४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक उदयराजको घटनास्थलमै मृत्यु भएको थियो थियो भने दुर्गा गम्भीर घाईते भएकी थिईन् ।

यो पनि पढ्नुहोस् ।

बसको ठक्करबाट मोटरसाईकल चालक हेटौँडाका सापकोटाको मृत्यु

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*