७७ बिगाहामा लगाएको गाँजा मकवानपुर प्रहरीले नष्ट गर्यो

२०७६ कार्तिक २६,मंगलवार ०९:५९

मकवानपुर, २६ कात्तिक । मकवानपुरको राक्सिराङ गाउँपालिकाको विभिन्न वडाको ७७ बिगाहा १० कठ्ठामा लगाईएको गाँजा तथा अफिम खेती नष्ट गरिएको छ । मकवानपुर प्रहरीले दोस्रो पटकको दोस्रो चरणमा उक्त गाँजा नष्ट गरिएको हो ।

गत बिहीबारदेखि हालसम्म जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६० जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नं.१४ गण हेटौडा हे.क्वा.मकवानपुरका सशस्त्र प्रहरी निरीक्षक फल बहादुर थापाको कमाण्डमा खटिएको २१ जनाको टोलीलाई विभिन्न ४ टोलीमा विभाजन गरी उक्त गाँजा तथा अफिम खेती नष्ट गरेको हो ।

प्रहरीले बिहीबार गाउँपालिकाको वडा नम्बर १ को ३ बिगाहा १० कठ्ठा, शुक्रबार सोही वडाको ह्याङसिङटार, कोपिलाटार, राम्चेमा गरि १५ बिगाहा, ४ नम्बर वडाको पन्जनीमा ९ बिगाहा, वडा नम्बर ६ सिलिङेमा ५ बिगाहा, खोलाटारमा १८ बिगाहामा लगाईएको गाँजा तथा अफिम खेती नष्ट गरेको हो ।

त्यसैगरी, शनिबार सिलिङे र छकुनामा ६ बिगाहा, आइतबार घ्याङ्सिङटार र खोलाटारमा ११ बिगाहा तथा यदुखोलामा ३ बिगाहा र बान्द्राङमा ७ बिगाहा गरि ७७ बिगाहा १० कठ्ठामा लगाईएको लागूऔषध खेती नष्ट गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*